Logo

पोल्याण्ड विश्वकप फुटबलका लागि छानियो 



काठमाडौं, २३ असोज । मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।

युरोपेली समुह ई को खेलमा आइतबार राती मोन्टेनेग्रोलाई ४-२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो । यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मेनियाले १-१ गोलको बराबरी खेलेका छन् । यो समुहबाट डेनमार्क प्ले अफ्मा छानिएको छ ।

विश्वकप फसटबल छनौट अन्तर्गगत राती भएका अन्य खेलहरुमा इंग्लण्ड, जर्मनी, पोल्याण्ड, नर्वे र स्लोभाकिया विजयी भएका छन् ।

विश्वकपमा यसअघि नैं छनोट भईसकेको इंग्लण्डले कमजोर प्रतिद्धन्दी लिथुआनियालाई १-० ले हरायो । यही समुहको अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३-० ले हराँउदा स्कटल्याण्ड र स्लोभेनियाले २-२ गोलको बराबरी खेले ।

यसैगरी समुह सि को खेलमा जर्मनीले अजरबैजानलाई ५-१ ले हराँउदा चेक रिपब्लीकले सान मारिनोमाथि ५-० को जित निकाल्यो । नर्वेसँग १-० ले पराजित भएको नर्दन आयरल्याण्ड पनि प्ले अफ्मा छनौट भयो ।



प्रतिक्रिया दिनुहोस्