Logo

शान्ति, लोकतन्त्र र अहिंसालाई केन्द्रबिन्दुमा राख्न आग्रह



काठमाडौँ, २३ असोज । आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रबिन्दुमा राख्न आग्रह गरिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले आइतबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय स्वाभिमान, जीवन चक्र परिस्थिति सन्तुलन र हिमालय संरक्षण, नदीतटलाई उद्यानको रुपमा विकास, स्वच्छ नेपाल सफा नेपाल र बन्द सदाको लागि बन्दलगायतका विषयमा राजनीतिक दल तथा उम्मेदवारबाट स्पष्ट प्रतिबद्धता गर्नुपर्नेमा जोड दिएको छ ।

समाजले सुशासन र पारदर्शिता, युद्ध निषेध शान्ति विशेष नीति, लागूऔषध-मदिरा दुव्र्यसन रोकथाम, समावेशी स्वरुपको सुनिश्चितता र शत्रुताविहीन आचरण र लोकतान्त्रिक मूल्यको जगेर्नामा समेत प्रतिबद्धता जनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्