Logo

गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको मृत्यु



काठमाडौं, २३ असोज । नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ।

गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा थापाले भने, ‘गौचनलाई अस्पताल ल्याउँदा नै उनको श्वासप्रश्वास थिएन।’

 



प्रतिक्रिया दिनुहोस्