Logo

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म शव नउठाइने



२३ असोज, काठमाण्डौ । अज्ञात समुहको गाली प्रहारबाट मृत्यु भएका शदर कुमार गौचनको हत्यारालाई पक्राउ नगरेसम्म लाश नउठाउने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । महासंघका पूर्व अध्यक्ष जिपछिरिङ लामाले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भने, हत्यारालाई कारबाही नगरेसम्म गौचनको लाश उठाउँदैनाँै ।
यति ठूलो गम्भीर घटनामा पनि प्रहरी प्रशासन निकै कमजोर देखिएकोमा आपत्ति जनाउँदै लामाले गौचनको हत्याले १२ हजार निर्माण व्यवसायी असुरक्षित भएको बताए ।
यस्तै महासंघका महासचिव रामशरण देउजाले पनि गोली प्रहार गर्नेलाई पक्राउ नगरेसम्म लाश नउठाइने बताए । सुरक्षा व्यवस्थामा भएको गम्भीर लापरबाहीका कारण एक असल राष्ट्रसेवकको निधन भएको उनको भनाई छ ।
अहिले गौचनको शवलाई पोष्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पतालमा लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्