Logo

निर्माण व्यवसायी गौचनको मृत्युपछि तनाव-तस्विरमा हेर्नुहोस्



काठमाडौँ, २३ असोज। अज्ञात समूहको गोली प्रहारबाट आज नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।

आज दिउँसो करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा अज्ञात समूहले चलाएको गोलीबाट घाइते भएका गौचनलाई उपचारका लागि मीनभवनस्थित सिभिल अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । यसैबीच प्रहरीले हतियार र गोलीसहित तीनजनालाई पक्राउ गरेको छ ।

यता, घटनापछि निर्माण व्यवसायीहरुले बानेश्वरमा प्रदर्शन गर्नुका साथै यातायात अवरुद्ध पारेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्