Logo

रमेश लेखक भन्छन्, स्वभाविक रुपमा माओवादी केन्द्रले सरकार छाड्नुपर्छ



२४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेसले छिटै संसदीय वोर्ड गठन गर्ने जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले वोर्ड गठन गर्ने विषयमा छलफल भइरहेको बताउँदै छिटै वोर्ड गठन गरिने बताए ।

नयाँ राजनीतिक ध्रुविकरणका बारेमा धेरै छलफल भइरहेको बताउँदै लेखकले संसदीय वोर्ड गठन प्रक्रिया पनि सुरु भएको बताए । वोर्डमा कसलाई राख्ने भन्ने विषयमा कुनै विवाद नभएको जिकिर लेखकको छ । यस विषयमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिचमा कुनै विमति नरहेको लेखकले बताए ।

नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निर्माण छिटै सम्पन्न हुने लेखकले बताएका छन् । चुनावी तालमेल र सरकारमा समर्थनका विषयमा पनि छलफल भइरहेको उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने कुरा सामान्य प्रक्रिया भएको लेखकको भनाई छ । सरकारमा बसिरहेको दलले प्रतिपक्ष दलसँग पार्टी एकीकरण गर्नेसम्मको समझदारी गरेपछि स्वभाविक रुपमा माओवादी केन्द्रले सरकार छाड्नुपर्ने लेखकले बताए ।

माओवादीले सरकार नछाड्ने र प्रतिपक्ष दलसँग एकता प्रक्रिया गर्नुमा तालमेल नमिल्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गरेको जानकारी दिदै लेखकले राप्रपालाई सरकारमा ल्याउने सम्भावना रहेको बताए ।

निर्वाचन सम्पन्न गर्नुपर्ने राष्ट्रिय एजेण्डालाई छाडेर नयाँ राजनीतिक ध्रुविकरण गर्नुले देशलाई अन्यौलतातिर धकेलेको लेखकको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्