Logo

बालोन डे ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक



२४ असोज, काठमाण्डौ । फ्रान्स फुटबल म्यागाजिनले प्रदान गर्ने बालोन डे ओर अवार्डका लागि ३० खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छ ।

म्यागाजिनले सोमबार ३० खेलाडीको नाम सार्वजनकि गरेको हो । जसमा गत वर्षको विजेता क्रिस्टियानो रोनाल्डो, लियाल मेसीसहितका खेलाडीहरु छन् ।

तर ३० खेलाडीको सूचीमा दुई जना मात्र गोलकिपर अटाएका छन् भने गारेथ बेल, आन्द्रेज इनेस्टा, सर्जियो अगुएरो, एलेक्स सान्चेज, पउल पोग्वा जस्ता खेलाडी पर्न असफल रहे ।

तीन जनाभित्र पर्न सफल खेलाडिहरु यसप्रकार छन् ।
पिएरे एमरिक औवामेयाङ करिम बेन्जामा, लियोनार्डो बोनुची, जियानलुजी बफोन, फिलिप काउटिन्हो, क्रिसटियानो रोनाल्डो, केभिन डे ब्रुएना, डेभिड डे हेए, पालो डिबला, एडेन जेको, राडेमेल फाल्काओ, एन्टोन ग्रीजमन, एडेन हाजार्ड, माट्स हुमल्स, इक्को, ह्यारी केन, एन गोलो कान्टे, टोली क्रुस, रोवर्ट लेवान्डास्की, केएलिन एमबापे, साडियो माने, मारेसेलो, ड्राइस मर्टेन्स, लियनल मेसी, लुका मोडरिच, नेमार, जन ओब्लयाक, सर्वियो रामोस, लुइस सुवारेज



प्रतिक्रिया दिनुहोस्