Logo

सिट संख्या बाँडफाँड गर्न वाम गठबन्धनको बैठक बस्दै



काठमाडौं, २५ असोज । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धनको टिकट बाँडफाँड गर्न आज बैठक बस्दैछ ।

वामपन्थी गठबन्धनको संयोजन समितिको बैठक आज बुधबार ललितपुरको समिट होटलमा बस्दैछ । बैठकले चुनाबी तालमेलको सिट बाँडफाडको टुङगो लगाउने बुझिएको छ । एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट लिने प्रारम्भिक सहमति भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्