Logo

सरकारले नदेखेको भोको हुम्लामा सामथ्र्य नेपाल पुग्यो



२५ असोज,काठमाण्डौ । पश्चिम नेपाल संयोजक केपी खनालको नेतृत्तवमा सामथ्र्य नेपालको टोली कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर जादैछ ।

सामथ्र्य नेपालले केहि दिन पैले दशैमा दशा लागेका पिडीत परिवारहरुलाई महलम पट्टी लगाउने उदेश्यले देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुबाट र बिभीन्न संघ सस्थाहरुबाट राहत सामाग्री संकलन गरी कैलाली जिल्लाका केही पिडीत घर परिवारहरुलाई राहत बितरण गरेको थियो ।

अहिले भोकै छ हुम्ला भन्ने नारा बोकी राहत संकलन गरेको छ । हुम्लाका पिडीत हरुलाई राहत बितरण गर्नका लागी देश तथा बिदेशमा रहेका नेपाली हरुबाट र बिभीन्न संघ सस्था हरुबाट एक लाख १० हजार रुपैया र राहत सामाग्रीहरु संकलन गरेको छ ।

संकलन राहत बितरण गर्नका निम्ति कर्णाली अञ्चलको सबै भन्दा बिकट जिल्ला हुम्लामा आज राहत लीएर सामथ्र्य नेपालका पश्चिम नेपाल संयोजक खनालको नेतृत्वमा गयको टोलि मा युवा समाजसेवी टङक बिष्ट , धर्मराज न्यौपाने र जिल्ला संयोजक काशिराम बजागाईको टोली आज त्यस तर्फ जान लागेको हो ।सामथ्र्य नेपालले अहिले देशमा शिर्जनशिल युवाहरुका हात हरु भन्ने मुल नाराका साथ बिभीन्न किसीमका सामाजिक कार्यहरु गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्