Logo

चालकका सहयोगीले जिप चलाउँदा दुर्घटना



जाजरकोट, २६ असोज : यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् ।

घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।

बगाराबाट मन्मै जाने जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अनुभव नभएका चालकका सहयोगीले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयले बताएका छन् । प्रहरीचौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्