Logo

चिनअनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली गुल्मीमा



कौरव खत्री : गुल्मी २६ असोज । गुल्मीको ग्रामिण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययन लागि चिनको राज्य सभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्च स्तरीय टोली आउने भएको छ ।

साथै नेपालको ग्रामिण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासको लागि यहि असोज २७ गते अर्थात भोलि मुसिकोट नगरपालिका नं.१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनको लागि भोलि टोली आउदै गरेको भर्माचौर नमूना एकिकृत कृषि फर्म मुसिकोट नगरपालिका १ का सचिव दिनानाथ पौड्यालले जानकारी दिनुभयो ।

साथै सचिव पौड्यालले भन्नुभयो,उक्क्त दिन कृषि उत्पादनहरुको संकलन तथा प्रर्दशन कार्यक्रम भएको हुदा आ–आफ्ना गाँउघर तथा छरछिमेकमा कृषकहरुले उत्पादन गरेका कृषि उपज तथा उत्पादित बस्तुहरुलाई कृषि प्रर्दशनी मार्फत उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गरिने फर्मका सचिव पौड्यालले जानकारी दिनुभयो ।

यता नेपाली काँग्रेसका युवा नेता दामोदर भूषालले भन्नुभयो, टोलीले जैविक कृषि प्रणालीको सम्भाव्यता र कृषि क्षेत्रमा नेपाल र चिनको सहकार्यका लागि सम्भाव्यता अध्ययन गर्नका लागि टोली आउने जानकारी दिनुभयो ।

उक्क्त अध्ययनको लागि चिनका ८ जना विशेषज्ञ सहितको टोली आउने समेत नेता भूषालले जानकारी दिनुभयो ।

कृषिको अध्ययन अनुसन्धानको लागि चिन सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा विद्यावारिधि गदै गरेका काग्रेसका युवा नेता दामोदर भूषालको विशेष पहल तथा त्रिभुवन विश्व विद्यालय बनस्पति विभागको आयोजना र स्थानीय भर्माचौर नमूना एकिकृत कृषि फर्म मुसिकोट नगरपालिका १ गुल्मीको समन्वयमा चिनको केन्द्रिय सरकारको मातहतमा रहेको विकास अनुसन्धान केन्द्रको उच्च स्तरीय टोली गुल्मी तथा बाग्लुङ्गको पौदी क्षेत्रमा अनुसन्धान परिक्षण सम्भाव्यता अध्ययन लागि टोली आउन लागेको नेता भूषालले जानकारी दिनुभयो ।तश्वीर : कौरव खत्री



प्रतिक्रिया दिनुहोस्