Logo

कार्तिक ११ गतेसम्म माँग पूरा नगरे आम हड्ताल गर्ने बुढी गण्डकी जलाशययुक्त आयोजना सरोकार समितिको चेतावनी



काठमाडौं, २६ असोज । बुढी गण्डकी जलाशययुक्त आयोजना सरोकार समितिले न्यायोचित ढंगले यथाशिघ्र मुआब्जा निर्धारण गर्न सरकारसँग माँग गरेको छ ।

समितिले जारी गरेको विज्ञप्तीमा आरुघाट विशालनगर, आर्खेत र खहरे बजारको मुआब्जा न्यायोचित ढंगले तुरुन्त सार्वजनिक गर्नुपर्ने, डुवान प्रभावितहरुलाई न्यायोचित पुनःस्थापना गर्नुपर्ने, सबै डुवान प्रभावितहरुलाई एकैचोटी एकमुष्ट मुआब्जा वितरण गर्नुपर्ने, मुआब्जा निर्धारण गर्दा यस पुर्व पटक पटक पेश भएका ज्ञापनपत्रलाई आधार बनाउनुपर्ने, आरुघाटको प्रभावमा रहेका क्षेत्रका बस्ती बजारको मुआब्जाको पूनः मुल्यांकन गर्नुपर्ने माँग गरिएको छ ।

समितिले माथि उल्लेखित माँगहरु आगामी कार्तिक ११ गतेसम्म सम्बोधन नगरिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । समितिका अध्यक्ष दिनेश कुमार ढकालद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘हामीले उठाएका जायज माँगहरु पूरा भएनन् भने हामी जस्तोसुकै कडा आन्दोलन गर्नपनि तयार छौं, त्यसैले सरकारले कार्तिक ११ गतेभित्रै सबै माँगहरु पूरा गरोस्।’

समितिले आफूहरुले उठाएका माँगहरु कार्तिक ११ गतेसम्म पूरा नगरे आरुघाट, विशालनगर, आर्खेत र खहरे बजारमा कार्तिक १२ गते शान्तिपूर्ण विरोध जुलुश गर्ने त्यस्तै १३ गते सबै स्थलहरु बन्द तथा आम हड्ताल गर्ने, स्थानीय तहमा कुनै सुनुवाई नभए जिल्ला हुँदै केन्द्रिय तहसम्म आन्दोलन तथा धर्ना कार्यक्रमहरु तय गर्ने चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्