Logo

नेपाल विश्वकप छनोट खेल्नबाट यसरी चिप्लियो, डिभिजन बिमा झर्ने खतरा



२७ असोज, काठमाण्डौ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८३ रनको पराजय ब्यहोरेको छ । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा धक्का लागेको छ । पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग सक्किएको हो ।

 

जवाफी व्याटिङमा आएको नेपालको व्याटिङ कमजोर साबित भयो । ओपनर व्याट्सम्यान सस्तै रनामा आउट भएपछि नेपाली इनिङ्स लरबराएको थियो ।
नेपाल ३४.५ ओभरमा अल आउट भएको थियो । उसले जम्मा १ सय ११ रन मात्रै बनाउन सक्यो । नेपालको तर्फबाट सर्वाधिक कप्तान पारस खड्काले २६ रन बनाए ।
नेपालले हङकङ विरुद्ध दोस्रो खेल आइतबार खेल्ने छ ।

यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा खस्किने खतरा पनि कायमै छ । विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्नेछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्