Logo

साताभरको शेयरकारोबार यस्तो छ, नेप्से परिसुचक स्थिर



१७ असोज, काठमाणडै । साताभर उतारचढाबपूर्ण रुपमा नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भयो । लगानीकर्ताले पत्तै नपाउने गरी कहिले घट्ने त कहिले बढ्ने भएको शेयरबजार साताभरको तुलना गर्दा भने स्थिर देखियो । पछिल्लो समय कारोबार रकम ज्यादै कम भएको शेयर कारोबारमा यस साता एकअंकभन्दा कमले बढेको छ । केही समय अघि एक अर्वभन्दा बढि रुपैयाँ बराबरको शेयर कारोबार एकै दिनमा हुने गरेको थियो ।

लामो समयसम्म औसतमा पनि ८०, ९० करोड रुपैयाँको कारोबार हुने नेपाल स्टक एक्सचेन्जमा यस साता हरेक दिन विगतकोभन्दा कम रकम बराबरको कारोबार भयो । यस साता नेपाल स्टक एक्सचेन्जमा १७२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २०००८ कारोबारबाट एक अर्ब ७६ करोड ५९ लाख ८५ हजार रुपैयाँ बराबरका ३९ लाख ४३ हजार आठ सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.०१ अंकले बढेर अन्तिम दिन १५१०.०२ अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुकोमा वाणिज्य बैंंक सात दशमलब आठ नौ,  विकास बैँक १६ दशमलब छ सात, बित्त समुह ६ दशमलब नौ अंकले घटेको छ । त्यस्तै होटल समुह ६ दशमलब शुन्य छ, जलविद्युत समुह शुन्य एक, बिमा समुह १७ दशमलब नौ आठ अंकले ओरालो लागेको छ । यसैगरी उत्पादनमुलक समुहको परिसुचक पनि साताभरमा २५ दशमलब नौ सात अंकले घटेको छ भने व्यापार समुहको परिसुचकमा चार दशमलब शुन्य छ अंकले गिरावट आएको छ । यस साता अन्य समुहको परिसुचक भने ५२ दशमलब ६ तीन अंकले बढेको छ ।

फ्लोट परिसुचक शुन्य दशमलब चार पाँच अंकले घटेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ०.६७ अंकले बढेर ३१७.६३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (१३ करोड ५६ लाख ३० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ६२ हजार कित्ता) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (११२२ वटा) को आधारमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरुको पहिलो नम्बरमा चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड, दोस्रोमा स्ट्याण्डर्ड चार्टरर्ड बैंक लिमिटेड, तेस्रोमा नेपाल दुरसंचार कम्पनी लिमिटेड, चौथोमा नेपाल बैंक लिमिटेड र पाचौँ नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । यस साता सूचिकरण तर्फ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, एन. बी. इन्स्योरेन्स कम्पनी लिमिटेड र पूर्णिमा विकास बैंक लिमिटेड कम्पनीको हकप्रद शेयर सुचिकृत भएको छ ।



प्रतिक्रिया दिनुहोस्