Logo

राहुल गान्धी भारतीय कँग्रेस पार्टीको प्रमुख बन्ने



नयाँदिल्ली, २८ असोज (रासस/सिन्ह्वा) : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताउनु भएको छ ।

“राहुल कहिले पार्टीको प्रमुख बन्नु हुन्छ भनेर तपाईहरुले मलाई धेरै पहिले देखि सोधीरहनु भएको छ, अब राहुल चाडै नै अध्यक्ष बन्दैछ,” सोनिया गान्धीले दिल्लीमा पत्रकारहरुसँग भन्नुभयो ।

उहाँले भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार भएको पुस्तक विमोचन समारोहपछि पत्रकारहरुलाई यस्तो जानकारी दिनुभएको हो ।

सोनीया गान्धीले राहुल गान्धीलाई पार्टीको अध्यक्ष पद हस्तान्तरण गर्नुभयो भने भारतीय कंग्रेस पार्टीको नेतृत्व नेहरु गान्धी परिवारको तर्फबाट चौथो पुस्तामा हस्तान्तरण हुनेछ ।

राहुल गान्धी संभवतः दिपावलीपछि भारतीय कंग्रेस पार्टीको अध्यक्ष बन्नुहुने बताइएको छ । यद्यपी राहुल गान्धी अहिले पनि भारतीय कंग्रेस पार्टीको उपाध्यक्ष हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्