Logo

झापा क्षेत्र नम्बर ३ बाट कृष्णप्रसाद सिटौला पछाडि हटे, राप्रपाका राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने



२९ असोज, काठमाडौँ । झापाको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस र राप्रपाबिच चुनावी तालमेल हुने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा कांग्रेसले राप्रपाका नेता राजेन्द्र लिङ्देनलाई समर्थन गर्न लागेको हो ।

कांग्रेस नेता सिटौला भने समानुपातिक उम्मेदवार बन्ने भएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि कांग्रेस र राप्रपा नजिक हुँदै गएका थिए । नेकपा माओवादीबाट मन्त्री बनेकाहरुलाई हटाउने रणनीति अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबा ८ जनालाई मन्त्री नियुक्ति गरिसकेका छन् । राप्रपाले यसअघि नै प्रमुख सत्तासाझेदार माओवादी एमालेसँग मिल्न गएपछि सरकारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्