Logo

हृदयश त्रिपाठी पनि नेपाली कांग्रेसमा प्रवेश गर्ने सम्भावना



२९ असोज, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीप्रति असन्तुष्ट बनेर अलग्गिएका हृदयष त्रिपाठी समहु नेपाली कांग्रेसमा प्रवेश गर्ने विषयमा छलफलमा जुटेका छन् । केही हप्ता अगाडि राजपा छोडेर नेकपा एमालेको चुनाव चिन्ह सुर्य लिएर चुनाव लड्ने निर्णय गरेका त्रिपाठी कांग्रेसमा प्रवेश गर्नका लागि छलफलमा जुटेका हुन् ।
त्रिपाठीसँगै वृजेशकुमार गुप्तालगायत अन्य केही नेताहरु पनि कांग्रेसमा प्रवेश गर्न चाहेको बताइएको छ । राजपा गठन भएलगत्तै पार्टीको रणनीतिप्रति असन्तुष्ट बन्दै आएका त्रिपाठी केही हप्ताअघि मात्रै एमालेसँग चुनावी तालमेल गर्दै सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा जाने निर्णय गरेका थिए ।

राजपा अध्यक्षमण्डलका सदस्य रहेका त्रिपाठी पार्टीबाट विद्रोह गर्दै स्वतन्त्र राजनीतिक समूहको नामबाट सूर्य चिह्न लिएर उम्मेदवार बन्ने निर्णय लिएका थिए ।
उक्त समुहमा समूहका त्रिपाठी, कपिलवस्तुका वि.के गुप्ता र ईश्वरदयाल मिश्र, बाँकेका जगदिश शुक्ला र पशुपतिदयाल मिश्र रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्