Logo

नेपाली क्रिकेटको दुर्भाग्य, वर्षाका कारण डिभिजन दुईमा घटुवा



३० असोज, काठमाण्डौ । हङकङविरुद्धको दोस्रो खेल पनि मौसमका कारण रद्द भएपछि नेपाली क्रिकेट डिभिजन २ मा झरेको छ । खराब मौसमाका कारण खेल सम्भव हुन नसकेपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

स्पष्ट २ अंक चाहिने नेपालले यस नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिचको दोस्रो खेल वर्षाको कारण रद्द भएको हो । आइतबार टाइफुन र वर्षाका कारण खेल हुन नसकेपछि वैकल्पिक दिन सोमबारलाई खेल सारिएको थियो । सोमबार पनि वर्षा नरोकिएपछि खेल सम्भव हुन सकेन ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा नेपाल १२ खेलमा ९ अंक जोड्दै छैटौं स्थानमा छ । चौथो स्थानमा रहेको हङकङले १२ खेलमा १४ अंक जोडेको छ ।

नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ)को सामना गर्दैछ । विश्व क्रिकेट लिगको शीर्ष ४ स्थानका टोली विश्वकप छनोटमा पुग्नेछन् भने पुछारका ४ टोली डिभिजन २ मा पुगे । घटुवासँगै नेपालले सन् २०१८ फेब्रुअरीमा नामिबियामा हुने डिभिजन २ खेल्नेछ । उक्त प्रतियोगिताको शीर्ष २ टोली विश्वकप छनोटमा सहभागी हुनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्