Logo

युवाहरुको सक्रियतामा दमौलीमा युथ फेष्टिबलको आयोजना गरिँदै



३० असोज, तनहुँ । तनहुँको दमौलीमा युवाहरुको महोत्सव हुने भएको छ । युवाको नेतृत्व क्षमता विकास तथा प्रेरणादायक कक्षा एवं जीवनोपयोगी जानकारीसहितका विविध कार्यक्रमसहितको ‘युथ फेष्टिबल’ आयोजना गर्न लागिएको हो । आयोजनामा सक्रिय युवा बिपिन श्रेष्ठका अनुसार अन्य सांगितिक र सांस्कृतिक महोत्सवभन्दा फरक एक्सपोको रुपमा फेष्टिभल गर्न लागिएको हो ।

फेस्टिबल यही मंसीर १ देखि ३ गतेसम्म आदिकवि भानुभक्त क्याम्पसमा हुने श्रेष्ठले बताए । फेस्टिबलमा सांगितिक वा सांस्कृतिक भन्दा पनि युवाको करियरमा सहयोग पुग्ने खालका गतिविधि तथा क्रियाकलाप हुने बताइएको छ । विभिन्न युवासम्बद्ध संघ संस्थाको सहभागीतामा कार्यक्रम हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्