Logo

दिपक मनाङ्गे एमालेमा प्रवेश गरेको चर्चा नसेलाउँदै गणेश लामा नेपाली कांग्रेसमा प्रवेश



३० असोज, काठमाण्डौ । डन को आरोप लागेका गणेश लामा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कुनै समय गुण्डागर्दीमा निकै चर्चित बनेका ‘कुख्यात डन’ गणेश लामा विजयकुमार गच्छदारसँगै कांग्रेसमा मिसिएका हुन् ।
केही अघि दीपक मनाङेलाई एमालेले पार्टी प्रवेश गराएकोमा निकै आलोचना भएको थियो । मनाङ्गे एमालेमा प्रवेश गरेको चर्चा सेलाउन नपाउँदै लामा कांग्रेसमा छिरेका हुन् ।

सोमबार बालुवाटारमा भएको नेपाली कांग्र्रेस–फोरम लोकतान्त्रिक एकता सभामा गच्छादारसँगै लामा पनि कांग्रेस छिरेका हुन् ।
लामा गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य थिए ।
विभिन्न विवादमा तानिएका लामा गच्छदार यसअघि गृहमन्त्री रहेका बेला उनको पार्टी निकट पुगेका थिए । त्यही समयदेखि उनी फोरम लोकतान्त्रिक निकट रहेर राजनीतिक गरिरहेका छन् ।

लामा फोरम लोकतान्त्रिकबाट काभ्रे—२ बाट दोस्रो संविधानसभामा सभासदको उम्मेदवार बनेका थिए । उनलाई यसअघि सम्पत्ति शुद्धीकरण विभागले अकूत सम्पत्ति कमाएको भन्दैं विशेष अदालतमा मुद्धा दायर गरेको थिए । जसमा उनी करोडौ रुपैयाँ बुझाएर धरौटीमा रिहा भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्