Logo

राष्ट्रपतिद्धारा शीर्ष नेताहरुलाई आकस्मिक बोलावट, सबै नेता शितलनिवास पुगे



काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेबी भण्डारीले आज सोमबार दिउँसो ३ बजे प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलका लागि शीतलनिवास बोलाएपछ अहिले प्रमुख तीन दलका अध्यक्षहरु राष्ट्रपति निवास शितलनिवास पुगिसकेका छन् ।

असोज २८ गते मध्यरात १२ बजेदेखि संविधानसभाबाट रुपान्तरित संसद संविधानतः स्वतः विघटन भएपछि राष्ट्रपतिले सोमबार दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको स्रोतको दाबीछ ।

राष्ट्रपति भण्डारी र शीर्ष नेताहरुबीच समसामयिक राजनीति, मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको स्वच्छता, शान्तिसुरक्षा विषयमा छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्