Logo

महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइन्छ : मन्त्री गिरी



काठमाडौँ, १ कात्तिक : नवनियुक्त शहरी विकासमन्त्री दिलनाथ गिरीले मन्त्रालयले सञ्चालन गरिरहेका महत्वपूर्ण परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभएको छ ।

आज पदबहाली गर्दै उहाँले सरकारको समयअवधि छोटो रहेकाले नयाँ नीतिगत निर्णयभन्दा पनि राष्ट्रियस्तरमा महत्वपूर्ण आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाइने बताउनु भएको हो ।

कर्मचारीलाई कार्यसम्पादन गर्न असजिलो भएका केही नीति नियम भए तिनलाई संशोधन गरिने बताउँदै उहाँले कानूनसंगत काम गर्ने कर्मचारीको संरक्षण गरिनेमा जोड दिनुभयो ।

नवनियुक्त राज्यमन्त्री कुन्तीकुमारी शाहीले जनता र मन्त्रालयबीच रहेका समस्या समाधान गर्न कानूनले तोकेका कार्यक्षेत्रलाई जिम्मेवारीपूर्वक पालना गरी छोटो समयमा पनि राम्रा उपलब्धि हासिल गर्न सकिने बताउनुभयो ।

सचिव दीपेन्द्रनाथ शर्माले मन्त्रालयको क्षेत्राधिकार तथा कार्यबारे जानकारी गराउँदै पूर्वाधार तथा विकास निर्माणमा भइरहेका कामकाबारे जानकारी गराउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्