Logo

पुस्तकालयलाई रु दुई लाख सहयोग



रत्ननगर,चितवन, ३ कात्तिक। भरतपुरमा रहेको रामेश्वर पुस्तकालयलाई रू दुई लाख सहयोग उपलब्ध गराइएको छ ।

गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष डा शेष घलेले सह–कोषाध्यक्ष सोमनाथ सापकोटामार्फत सो रकम उपलब्ध गराउनुभएको पुस्तकालयका अध्यक्ष राजेन्द्र वाग्लेले जानकारी दिनुभयो ।

उक्त पुस्तकालयमा नेपाल लाइबेरी फाउण्डेसनको सहयोगमा विद्युतीय पुस्तकालय सञ्चालन गरिएको छ । अघिल्लो वर्ष पूर्व अध्यक्ष डा. घलेले उक्त पुस्तकालय उद्घाटन गर्दा आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियोे ।

उक्त फाउण्डेसनमार्फत नेपालका ७० भन्दा बढी ठाउँमा पुस्तकालय स्थापना भइरहेको र यो अभियान निरन्तर अघि बढ्ने संघका सह–कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।(रासस)

 



प्रतिक्रिया दिनुहोस्