काठमाडौं, ४ कार्तिक । पूर्वराजा ज्ञानेन्द्र शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गरेका छन् ।
उनले बिहान १० बजेर ४५ मिनेटकै साइतमा भाइटीका ग्रहण गरेका हुन् ।
पूर्वराजा शाहले आफ्नी कान्छी बहिनी शोभा शाहीसँग उनकै निवास कमलादीमा टीका ग्रहण गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेका हुन् ।