Logo

विवकेशिल साझा पाटीका नेताहरु हाम्रो पार्टीमा प्रवेश



काठमाडौं, ६ कार्तिक । विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु आज हाम्रो पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार रिपोर्र्टर्स क्लब नेपालमा विशेष पत्रकार सम्मेलन गरेर उक्त विवेकशिल साझा पार्टीमा आवद्ध नेताहरु क्रमशः दिपविक्रम विष्ट, मणिन्द्र घिमिरे, करमविर बस्नेत, गिता शर्मा, लक्ष्मणप्रसाद गुरुङ हाम्रो पार्टीमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई हाम्रो पार्टीका अध्यक्ष शेखर कार्कीले हात मिलाएर पार्टीमा स्वागत गरेका थिए । उनले नवप्रवेशीहरुलाई स्वागत गर्दै भने,‘पूराना राजनैतिक शक्तिहरुबाट यो देशको सार्वभौमसत्ताको उचित संरक्षण र समृद्धिको नेतृत्व लगभग समाप्त भएकोले यो राजनीतिक जालझेलको अवस्थामा हाम्रो पार्टी स्थापनाकालदेखि नै कुनैपनि बहानामा पद्धतिको उल्लंघन नगर्ने प्रतिबद्धता पुनः दोहोर्याउँछु, आज प्रवेश गर्ने साथीहरुबाट झनै हामीलाई थप उर्जा मिलेको छ।’

कार्यक्रममा नवप्रवेशीहरु  दिपविक्रम विष्ट विष्ट र मणिन्द्र घिमिरले विवेकशिल साझा पार्टीले आफ्तो पद्धतिको उल्लंघन गर्दै पार्टीभित्र आन्तरिक प्रष्पिर्धा नगराई आफुखुशी उम्मेद्धवार चयन गरेकोले बाध्य भएर पार्टी छोडेर हाम्रो पार्टीमा प्रवेश गर्नु परेको स्पष्ट पारेका थिए ।

त्यस्तै कार्यक्रममा हाम्रो पार्टीका केन्द्रिय सदस्य महेश्वर आचार्यले पनि आफूहरुको पार्टी सबैको लागि खुल्ला मञ्च भएको र सबैले संविधानको परिधिभित्र रही आ–आफ्नो मुद्दा लिएर अघि बढ्ने सक्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्