Logo

राष्ट्रपतिसँग राजदूत पटेलको शिष्टाचार भेट



काठमाडौँ, ७ कात्तिक (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि क्यानाडाका गैरआवासीय राजदूत नदिर पटेलले राष्ट्रपति भवन शीतल निवासमा आज अपराह्न शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल र क्यानाडाबीचको सम्बन्धका साथै आपसी हित र चासोका विषयमा विचार विमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्