Logo

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)ले भन्यो,‘पूर्वराजाको अभिव्यक्ति स्वभाविक हो’



काठमाडौं, ७ कार्तिक । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राष्ट्रबादी)ले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै दिएको अभिव्यक्तिलाई स्वभाविक रुपमा लिनुपर्ने स्पष्ट पारेको छ ।

पूर्वराजा शाहको अभिव्यक्तिप्रति टिप्पणी गर्दै उक्त पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ,‘पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले हालै दिएको विज्ञप्तिप्रति पार्टीको ध्यानाकार्षण भएको छ।’

पूर्वराजाले देशको राजनैतिक नेतृत्वले जनताको ईच्छा आकांक्षाप्रति उदासिन रही देश नेतृत्वविहीन हुन पुगेको स्पष्ट गरेको उल्लेख गर्दै विज्ञप्तीमा थप भनिएको छ,‘‘यथार्थमा सरकारी तहमा भएको बढ्दो भ्रष्टाचार र देशलाई जनिन्दारी संझने भागबण्डा र लुट सामन्ती संस्कारको कारण जनता निरासा छन र आक्रोशित छन्, यो यर्थाथ हो।’

विज्ञप्तिमा थप भनिएको छ,‘पूर्वराजाद्धारा जनताले चाहे आफू देशहितको लागि काम गर्न तयार रहेको स्पष्ट गर्नुभएको छ, देशप्रति चिन्ता राख्ने हरेक नागरिकले यस्तो अठोट राख्नु देशभक्ति र देश प्रतिको मायाको द्योतक हो र नागरिकको अधिकार हो, यसलाई अन्यथा लिनुहुँदैन्।’

त्यस्तै उक्त पार्टीका सह–महामन्त्री प्रदिप विक्रम राणाले पूर्वराजा शाहको अभिव्यक्तिलाई आफ्नो पूर्ण समर्थन रहेको प्रतिक्रिया दिएका छन् । उनले भने,‘राजाले जनतालाई बुझाउनुभएको श्रीपेज अब लगाउने बेला आएको छ, यो जनताको माँग हो, उहाँको अभिव्यक्तिप्रति मेरो पूर्ण स्वागत छ।’

पार्टीद्धारा जारी प्रेस वक्तव्यको पूर्णपाठ :



प्रतिक्रिया दिनुहोस्