काठमाडौं, ९ कात्तिक । एमालेले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग,अलग मतपत्र छाप्न सर्वोच्च अदालतले दिएको आदेश चुनाव टार्ने उदेश्यले आएको ठहर गरेको छ ।
निर्वाचन भाँड्ने वा टार्ने नियतले हुने कुनै पनि कार्य पार्टीलाई स्वीकार्य नहुने पनि एमालेले जनाएको छ ।
एमाले स्थायी कमिटीको बिहिबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा एमालेलाई स्वीकार्य नहुने स्पष्ट पारेको हो ।