Logo

प्रधानसेनापति क्षत्री अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता



काठमाडौं, ९ कार्तिक । नेपाल सरकारको निर्णय बमोजिम प्रधानसेनापति महारथी राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर आज स्वदेश भएका छन् ।
क्षत्री ग्।क्। ब्चmभम ँयचअभक का ऋजबष्चmबल या तजभ व्यष्लत ऋजषभक या क्तबाा न्भलभचब िव्यकभउज ँ। म्गलायचम, व्च। को निमन्त्रणामा मित्रराष्ट्र अमेरिकाको वासिङ्टन डी.सी.मा मिति २०७४ कार्तिक ०६ गतेदेखि ऐ. ०७ गतेसम्म आयोजना भएको ुन्यिदब िऋजष्भाक या म्भाभलकभ ऋयलाभचभलअभ यल ऋयगलतभचष्लन ( ख्ष्यभिलत भ्हतचझष्कत इचनबलष्शबतष्यल ९ख्भ्इक०ु मा सहभागी भएका थिए ।

भ्रमणको क्रममा उनले उक्त कन्फरेन्समा सहभागी भएका विभिन्न मित्रराष्ट्रहरुका सेना प्रमुख तथा उच्च स्तरीय सैनिक पदाधिकारीहरुसँग समेत भेटघाट गर्नु भई आपसी हितका विषयमा छलफल गरेका थिए ।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी श्री पूर्णचन्द्र थापाले स्वागत गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र अमेरिकालगायत अन्य सहभागी मित्रराष्ट्रहरुका सेनाबीच रहंदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सुमधुर एवम् प्रगाढ बनाउन थप मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्