Logo

धादिङमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुईजनाको मृत्यु



धादिङ, १०  कात्तिक । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

बा२ख ७१८२ नम्बरको टिपरले काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा८२प ७७९७ नम्बरको मोटरसाइकललाई धुनीबेँसी नगरपालिका– ९ खानीखोलामा ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

मृत्यु हुनेमा काठमाडौं बबरमहल निवासी २२ वर्षीय रामेश्वर सिलवाल र त्रिपुरेश्वर निवासी २३ वर्षीय सलिन तुलाधर रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्