काठमाडौं, १४ कार्तिक । नेकपा माओवादी केन्द्रले बालकृष्ण ढुंगेललाई निर्वाचनको मुखमा पक्राउ गर्नुलाई गम्भिर षड्यन्त्र । दुर्भाग्यपूर्ण भएको आरोप लगाएको छ ।
ढुँगेल पक्राउ परे लगत्तै पत्रकार ऋषि धमलाले माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालसँग उक्त पक्राउबारे प्रतिक्रिया लिँदा उनले भनिन्,‘विस्तृत शान्ति सम्झौताको प्रावधानअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको अवस्थामा उसको क्षेत्राधिकार बाहिर गएर पक्राउ गर्नु दुर्भाग्यपूर्ण छ।’
त्यस्तै निर्वाचनको मुखमा पक्राउ गर्ने व्यवहारले गम्भीर षड्यन्त्रको संकेत गर्ने समेत आरोप लगाईन् ।