Logo

ढुंगेलको गिरफ्तारी ‘हारको उपज’: वाइसिएल



काठमाडौं, १४ कार्तिक ।नेकपा(माओवादी केन्द्र)संग आवद्ध वाइसिएल नेपालले पनि शान्ति सम्झौताको मर्म र भावना विपरित गएर नेता ढुंगेललाई पक्राउ गरिनू सर्वथा गलत भएको जनाएको छ ।

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव सुबोधराज शेर्पालीले आज संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा जनयुद्धकालीन घटनालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत सम्बोधन गर्नुपर्नेमा व्यक्ति विशेषलाई मात्रै दोषी करार गर्ने प्रवृति हारको उपज भएको उल्लेख छ ।

यस्तै अखिल ९क्रान्तिकारी०का अध्यक्ष रञ्जित तामाङले पनि आज एक विज्ञप्तिमार्फत शान्ति प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन नदिने षड्यन्त्रका साथ नेता ढुंगेललाई पक्राउ गरिएको बताउनुभएको छ ।

वामपन्थी गठबन्धनको सम्भावित विजयबाट अत्तालिएका प्रवृत्तिले चुनाव भाड्ने नियतका साथ उहाँलाई पक्राउ गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्