Logo

वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्छ : मन्त्री पाण्डे



चितवन, १५ कात्तिक : वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

जिल्ला वन कार्यालय चितवन भरतपुरमा नव निर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो –“मानवबस्तीमा जगंली जनावर जान नसक्ने गरी ड््याम बनाउने तयारी भइरहेको छ ।”

मन्त्री पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रबाट मानवबस्तीमा निस्कने वन्यजन्तुले जनधनको ठूलो क्षति बनाएको भन्दै यसको निराकरणका लागि प्रभावकारी उपाय अवलम्बन नभएसम्म मानव र वन्यजन्तु बीचको द्वन्द्व नहट्ने बताउनुभयो ।

वन्यजन्तुलाई गाउँ पस्न रोक्नका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धीत निकायलाई निर्देशन दिदैं उहाँले भन्नुभयो, “वन र वन्यजन्तुसँग सम्बन्धित अपराधको कडा कानूनी सजायका विषयमा व्यापक जनचेतना जगाउनुपर्दछ ।”

मन्त्री पाण्डे पैतालिस प्रतिशत वन भएको देशमा विदेशबाट काठ ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै काठको दिगो उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वन र वन्यजन्तुको संरक्षणमा राज्यले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले दुई तले सो भवन रु एक करोड २३ लाखको लागतमा जिएस आर आकास जेभिले एक वर्षमा निर्माण सम्पन्न गरेको बताउनुभयो ।

मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । (रासस)



प्रतिक्रिया दिनुहोस्