Logo

राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालद्धारा फौजदारी संहिता विद्येयकको स्वागत



‘ढुक्क भएर आफ्नो धर्मको अभ्यास गर्न आग्रह’

काठमाडौं, १५ कार्तिक । राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले हालै सरकारले जारी गरेको फौजदारी संहिता विद्येयकको स्वागत गरेकोछ ।
धार्मिक स्वतन्त्रता र धर्मनिरपेक्षताको संवैधानिक व्यवस्था समेतको ख्यालै नगरी धर्मसम्बन्धी कसुर र सजायसम्बन्धी व्यवस्था फौजदारी संहितामा समावेश गरिएको विषयलाई गलत प्रचार गरी अल्पसंख्यक धार्मिक समूदायको भावनामा समेत चोट पर्नेगरि प्रचार भएकोप्रति महासंघले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले ध्यानाकार्षण भएको जनाएको छ । अध्यक्ष गहतराले आफूहरु जबरजस्ती धर्म परिवर्तन गर्ने पक्षमा नभएकोले यो विद्येयक स्वागतयोग्य नै रहेको बताए । उनले यो विद्येयकमाथि शंका तथा उपशंका नगर्नको लागि उनले हार्दिक आह्वान गरे । त्यस्तै उनले उक्त विद्येयकको स्वागत गर्दै ख्रीष्टियन लगायत अन्य अल्पसंख्यक धार्मिक समूदायलाई समेत आफ्नो धर्मको अभ्यास र प्रचार ढुक्क भएर गर्न उनले आग्रह गरेका छन् ।

महासंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधान प्रस्तावनामा नेपाल बहुधार्मिक राज्य भएको विषय स्पष्ट रुपमा अभिव्यक्त छ, संविधानको धारा २६ मा धार्मिक स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ, संविधानको धारा ४ ले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो भन्ने संवैधानिक ग्यारेण्टी छ, समग्र रुपमा संविधानले पूर्ण धार्मिक स्वतन्त्रताको ग्यारेण्टी गरेको छ ।’

महासंघ नेपाल नेपाली ख्रीष्टियन समुदायको अस्तित्व, पहिचान र अधिकार स्थापित गर्दै अल्पसंख्यक धार्मिक समुदायको धार्मिक तथा साँस्कृतिक अधिकारको लागि निरन्तर क्रियाशिल रहेको जनाउँदै अध्यक्ष सि.बि. गहतराजले भने,‘आउने दिनहरुमा पनि धार्मिक तथा साँस्कृतिक अधिकारका लागि कुनै विभेद हुन नदिने निरन्तर लागिरहने विश्वास दिलाउन चाहन्छौं।’

अध्यक्ष गहतराजद्धारा जारी विज्ञप्तीमा थप भनिएको छ,‘अतः पछिल्ला दिनहरुमा भइरहेका अनवरत भ्रामक प्रचार प्रसारप्रति हामी गम्भिर रुपमा खेद प्रकट गर्दछौं, धार्मिक समुदायमा भ्रम श्रृजना गर्नेगरि र राजनीतिक तथा आर्थिक स्वार्थप्रति गर्ने उधेश्यले यस्तो कार्य नगर्न, नगराउन सम्बन्धित पक्षहरुलाई आग्रह गर्दछौं, महासंघ सबै धार्मिक समुदायका बीचमा सहिष्णु व्यवहार चाहन्छ। ख्रीष्टियन समुदाय लगायतका अन्य धार्मिक समूदायहरुलाई ढुक्क भएर आफ्नो धार्मिक अभ्यास र प्रचारप्रसार गर्न महासंघ आग्रह गर्दछ।’

प्रवक्ता सागर बैजुले पनि यो फौजदारी विद्येयकलाई सामाजिक विद्येयक अन्र्तगर्त राखेको भए राम्रो हुने थियो भन्ने धारणा राखे ।

संसदले फौजदारी संहिता पारित गरिसकेपछि राष्ट्रिय ख्रीष्टियन महासंघको आयोजनामा ०७४ भदौ २० मा फौजदारी संहितामा धर्म कसुर र सजाय सम्बन्धित अन्तरक्रिया समेत आयोजना गरी विज्ञसहित गम्भिर छलफल भएको समेत अध्यक्ष गहतराजले जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस्