Logo

नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकद्धारा चुनावी घोषणापत्र सार्वजनिक



काठमाडौं, १७ कार्तिक । नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिकले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर सुकुम्बासी पार्टीले देशभरीका ७० लाख सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्नेदेखि मुलुकको समृद्धिको अभियान सञ्चालन गर्नेसम्मका योजनाहरु समावेश गरिएको घोषणपत्र सार्वजनिक गरेको हो ।

पार्टीका अध्यक्ष हुकुम बहादुर लामाले निर्वाचनमा सुकुम्बासीहरुलाई सक्तामा पुग्ने भ¥याङ बनाएको आरोप लगाए ।
उनले भने,‘माओवादीले सुकुम्बासीहरुको खुब नाम पुकार गर्यो, माओवादी सत्तामा पुग्यो, उल्टै बाबुराम भटराईले प्रधानमन्त्री बनेको समयमा सुकुम्बासीहरुलाई नै उठाउने काम गरे, अरुको के कुरा गर्नु?’

अध्यक्ष लामाले भने,‘हामीले यो निर्वाचनमा धेरै महत्वकांक्षी योजनाहरु सार्वजनिक गरेका छैनौ, ब्यबहारमा लागु गर्न सकिने योजनाको साथमा आएका छौ, अब हामीले अरुलाई भोट दिएर हाम्रो व्यबस्था बन्ने देखिँदैन, त्यसैले आफ्नै पार्टीको लागि मत माग्नुपर्छ, जनताको बीचमा जानुपर्छ।’

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य काजिमान लामा, विष्णु खतिवडा, लाल बहादुर कार्की, पार्टीका सचिव झवर लाल उरावँले निर्वाचन र घोषणा पत्रका बारेमा आफ्ना कुराहरु राखेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्