Logo

टर्किस जहाजभित्र बनाइएको संग्राहालय आइतबारबाट विद्यार्थीका लागि नि:शुल्क (फोटोफिचर)



काठमाडौं १८ कात्तिक । सिनामंगलमा निर्मित दोस्रो एभिएसन संग्रहालय औपचारिक रुपमा उद्घाटन नगरिएपनि आइतबारबाट विद्यार्थीका लागि खुला हुने भएको छ।

वेद उप्रेती ट्रस्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डका क्रममा दुर्घटना भएको टर्किस एयरको वाइडबढी जहाजमा निर्माण भएको संग्रहालय आइतबारबाट खुला गरिने ट्रस्ट प्रमुख वेद उप्रेतीले जानकारी दिए।

ट्रष्टले अबको एक दशभित्र विश्वमा चार लाख ५० हजार हवाई टेक्निसियन र तीन लाख ५० हजार भन्दा बढी पाइलटको आवश्यकतालाई मध्यनजर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा एभिएसन संग्रहालय सञ्चालनमा ल्याएको उनको भनाई छ।

विद्यार्थीबाहेक अन्यका लागि भने संग्रहालय अवलोकन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भएपछि खुला गरिने उनले बताए। अन्तर्राष्ट्रिय एटीआर विमान प्रशिक्षक तथा विमान चालक क्याप्टेन उप्रेतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गर्दा दुर्घटना भएको टर्किस एयरको ३३०-३०० को जहाज खरिद गरेर संग्रहालय निर्माण गरेका हुन्।

संग्रहालय निर्माण भएको नयाँ एयर बसको मूल्य २६ अर्ब रुपैयाँभन्दा बढी पर्छ। संग्रहालय निर्माण भएको एयरबसको क्षमता चार सय ४४ यात्रुको हो।

यति ठूलो विमान प्रायः संसारका अन्य विमानस्थलमा दुर्घटना नहुने र नेपालको आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अभिप्रायले संग्रहालय निर्माण गरेको उप्रेतीले बताए।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्