Logo

‘राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन’ : नेम्वाङ



इलाम, १८ कात्तिक (रासस) ः नेकपा(एमाले)का नेता सुवास नेम्वाङले मुलुकको राजनीतिक स्थायित्वका लागि वाम गठबन्धन गरिएको बताउनुभएको छ ।

चुलाचुली गाउँपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेम्वाङले भन्नुभयो, “राजनीतिक स्थायित्वका लागि गठबन्धन हो, यो कुनै पार्टी विरूद्ध गरिएको हैन ।”

पूर्वसभामुख नेम्वाङले अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको विचार व्यक्त गर्दै संविधानतः गठन भएका र विचार मिल्ने शक्तिबीच एकता हुनु कुनै अनौठो होइन भन्नुभयो । इलाम निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेर चुनावीसभामा उत्रिनुभएका नेम्वाङले अबको पाँच वर्ष कम्युनिष्ट दलहरूले देशको नेतृत्व गर्ने जिकिर गर्दै भन्नुभयो, “वाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि होइन । ”



प्रतिक्रिया दिनुहोस्