Logo

‘जनजाति, पिछडिएका वर्ग र सीमान्तकृतलाई समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य’ : गच्छदार



इटहरी, १९ कात्तिक : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाली जनताको त्याग एवं बलिदान खर्चिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्दै नेपालीलाई आर्थिक रुपले सबल र समृद्ध नेपालको नागरिक बनाउनका लागि लोकतन्त्र पक्षधरले निर्वाचनमा जित्नु जरुरी रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेसका नेता गच्छदारले आज सुनसरी जिल्लाको आफ्नो निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको खनारमा आयोजित पार्टी अगुवा नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेपाली जनताले प्राप्त गरेको लोकतान्त्रिक राजनीतिक प्रणालीबाट मात्र मुलुकवासीले चाहेको असली परिवर्तन प्राप्त गर्ने विश्वास गरेर नै नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समाहित भएको स्पष्ट पार्नुभयो ।

लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउँदै स्वतन्त्र ढंगले देशको उन्नतिमा थप टेवा पु¥याउन लोकतान्त्रिक गठबन्धन जरुरी रहेकाले बताउँदै लोकतन्त्रलाई संस्थागत ढंगले मजबुत पारी आदिवासी जनजाति, पिछडिएका वर्ग, सीमान्तकृत समुदाय र दुर्गम पहाड एवं उच्च हिमाली क्षेत्रका जनतालाई समेत समान अधिकार दिलाउन लोकतन्त्र अपरिहार्य रहेको तर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्