Logo

राजपा सहमहामन्त्री ठाकुरले आफूविरुद्धको उम्मेद्धवारी फिर्ता नलिएपछि उपेन्द्र यादव महन्थसँग पड्किए



काठमाडौं, १९ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरवीच टेलिफोनबार्ता भएको छ । वार्तामा बागीहरुले आफ्नो उम्मेद्धवार फिर्ता नलिए कडा कारबाही गर्नेबारे दुई नेताहरुवीच सहमति बनेको एक नेताले जानकारी दिए ।

मधेसी गठबन्धनबाट सप्तरी २ मा उम्मेदवार बनेका फोरम अध्यक्ष उपेन्द्र यादवका बागीले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि दुई नेताहरुवीच फोनमा कुराकानी भएको हो ।

अध्यक्ष यादवविरुद्ध राजपा सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले १ बजेसम्म समय दिएको थियो ।

नेताहरुले ठाकुरलाई मनाउने प्रयास गरेका पनि थिए । तर, ठाकुरले बरु पार्टी छोड्न तर उम्मेदवारी फिर्ता नलिने अडान दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्