Logo

धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान



काठमाडौं, २० कार्तिक । आज गैरआवासीय नेपाली संघ नर्वेले कल्याणकारी कार्यका लागि संकलन गरेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग प्रदान गरिएको छ ।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट र एनसिसि बेल्जियमका उपाध्यक्ष योगिता थापाले संयुक्त रुपमा १ लाख ४० हजार ७ सय ८० र पैसा ५४ धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेललाई आज संघको सचिवालयमा संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।

उक्त रकम रौतहट जिल्लाको चन्द्रनिगाहपुर स्थित सन्तपुरमा रहेका ४७ बाढीपिडत परिवारहरुका लागि निर्माण गरिने एकिकृत नमूना बस्तिमा उपयोग गरिने फाउण्डेशनले जानकारी दिएको छ ।

उक्त एकिकृत बस्तिको निर्माण लागत करिब ६ करोड रहेको फाउण्डेसनका अध्यक्ष कट्टेलले जानकारी दिए । उनले गैरआवासीय नेपाली संघले सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै थप सहयोगको अपेक्षा समेत गरेका छन् ।

रकम हस्तान्त्रण र्काक्रममा संघका अध्यक्ष भट्टले धुर्मुस सुन्तली फाउण्डेसनले संचालन गरेका परोपकारी कार्यको प्रशंसा गर्दै यस्ता परोपकारी कार्यमा संघको सदैव सहयोग रहने विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्