Logo

लोकतान्त्रिक गठबन्धनलाई विजयी गराऔँः उप-प्रधानमन्त्री थापा



हेटौँडा, १९ कार्तिक । उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाले राष्ट्रको स्वाधीनताका साथै प्रेश स्वतन्त्रता र प्रजातान्त्रिक सुदृढीकरणका लागि लोकतान्त्रिक गठबन्धनलाई निर्वाचित गराउनुपर्ने बताएका छन् ।

आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ मा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरेका छन्। लोकतान्त्रिक गठबन्धन कुनै दल वा समूहको विरुद्धमा नभएको मन्त्री थापाले बताए ।

देशमा बढ्दै गएको गरिबी र बेरोजगारीलाई संयुक्त रुपमा उन्मूलन गर्नु आजको आवश्यकता भएको मन्त्री थापाको भनाइ थियो ।कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ, काँग्रेस मकवानपुरका नेता रामचन्द्र अर्याल लगायतले सम्बोधन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्