Logo

टिकट नपाएपछि यी कलाकारहरु नेताहरुसँग डाको छोडेर रोए



काठमाडौं, २० कार्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्धवार बन्ने भनेर चर्चा तथा परिचर्चा भैरहेको बेला पार्टीले टिकट नपत्याएपछि अहिले चर्चित कलाकारहरुको कन्तबिजोग भएको छ ।

चर्चित गायिका कोमल वली चुनाव लड्नकै लागि भनेर राप्रपा छोडेर एमालेमा प्रवेश गरिन् । तर उनको एमाले प्रवेश बालुवामा पानी खन्याए साबित भयो । उनी दाङबाट चुनाव लड्ने भनेर सुरुमा चर्चा भएको थियो । तर पार्टी नेतृत्वले उनलाई टिकट दिएन । तरपनि उनले स्वतन्त्र उम्मेद्धवार दर्ता गराएकी थिईन् । अन्तिममा आएर उनले अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा उक्त उम्मेद्धवारी फिर्ता लिएकी थिईन् । उम्मेद्धवारी फिर्तासँगै उनले मनको मैलो यसरी साटिन कि ओलीसँग फोनमा डाको छोडेर नै रोईन् ।

वलीले पार्टी अध्यक्ष ओलीसँग फोनमा आफूलाई ठूलो धोका भएको गुनासो पोखिन् । उनको भनाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईले टिकट दिन्छु, आउनुहोस् हाम्रो पार्टीमा भन्नुभयो, तर अहिले आएर मलाई धोका दिनुभयो, न टिकट दिनुभयो, न त समानुपातिकमा नै राख्नुभयो, यो ममाथिको ठूलो अन्याय नै हो।’ तर जवाफमा ओलीले आफूले टिकट दिलाउन चाहेको भएपनि पार्टीका बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले विरोध जनाएकाले टिकट दिन नसकेको भन्दै पन्छिएका थिए ।

त्यस्तै टिकट नपाएर पीडित बनेकी अर्की कलाकार हुन–चर्चित नायिका रेखा थापा । नायिका थापाले पनि राप्रपा छोडेर पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक रोज्नुको मुख्य कारण पनि चुनवा लड्नकै लागि थियो । सुरुमा अध्यक्ष राणाले उनलाई प्रत्यक्ष नै चुनाव उठाउने निर्णय भएको भन्दै सोही अनुसार तयारीमा जुट्को लागि आग्रह गरेका थिए । तर राणाले पनि थापालाई धोका दिए । उनले भनेजस्तो न त समानुपातिकमा नै राखे न त टिकट नै दिए । रेखा टिकट नपाएपछि अहिले टेन्शनमा छिन् ।

टिकट पाउने आशमा चुनावी तयारीमा जुटेका कांग्रेसका दुई कलाकार जोगेन्द्र र तिर्थ थापा पनि अहिले पीडित बनेका छन् । प्रदेश सभाको टिकट दिन्छु भनेकोले उनी व्यापक चुनावी प्रचारमा होमिएका थिए । तर जोगेन्द्रले पनि टिकट पाएनन। टिकट नपाएको झोंकमा उनी पनि निधिको अगाडि बेस्सरी डाको छोडेर रोएको स्रोतको दाबी छ ।

कांग्रेसी अर्का कलाकार तीर्थ थापा पनि सुरुदेखि नै आफू उम्मेद्धवार बन्ने भन्दै नेताहरुको घरघरमा धाउने गरेका थिए । तर उनलाई पनि पार्टी नेतृत्वले नपत्याएपछि अहिले ईन्तु न चिन्तुको अवस्थामा पुगेको छ । पार्टी सभापति शेरबहादुर देउवासामू थापा रोएको खबर बाहिरिएको छ । उनी त झनै क्वाँ क्वाँ रोएका थिए । तर उनको रोदनले देउवालाई छोएन, बरु उल्टै यस्तो नाटक नदेखाउनुहोस भन्दै तुरुन्त घरबाट निस्किनको लागि चेतावनी दिएका थिए । त्यस्तै उनले पार्टीको नाममा पैसा उठाएर भजाएर खाईरहेको भन्दै थापालाई वाईहात नाटक नदेखाउन चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्