Logo

जनताको मन जित्दै दिपक खडका



संखुवासभालाई प्रदेश नं १ को नमूना जिल्ला बनाउँछु : खड्का

संखुवासभा, २० कात्तिक । नेपाली काँग्रेसका युवा नेता दिपक खड्का अहिले जनताको मनमा बस्न सफल नेताको रुपमा चिनिन्छन् । खड्काले संखुवासभा जिल्लालाई प्रदेश नं १ कै नमूना जिल्ला बनाउने समेत बताएका छन् । विकासवादी नेताको छवि बनाएका खड्काले राज्यमन्त्री हुँदापनि धेरै विकासका लहरहरु आफ्नो गृहजिल्लामा ल्याएका छन् । उनले जनतालाई केन्द्रविन्दूमा राखेर काम गरेका थिए । त्यही कारणले पनि होला, उनलाई जनताले औधी रुचाएका छन् । उनी अहिले विकासको सूत्रधारको रुपमा देखिएका छन् । उनलाई पार्टीभित्रपनि सबै नेताहरुले सम्मान गरेका छन् ।

वाम गठबन्धनकै नेताहरुले पनि उनलाई रुचाएका छन् । उनको विकासप्रेमी काम देखेर बृद्धदेखि बालकसम्म खुशी भएका छन् । उनी जहाँ जहाँ चुनावी सभाका कार्यक्रमहरु लिएर जान्छन् त्यहाँ त्यहाँ उनलाई जनताहरुले उत्साहजनक स्यावासी दिएका छन् । जनताको मनमा बस्न सफल भएको कारणले पनि उनले यो पटको निर्वाचन जित्नेमा उनी ढुक्क छन् । पूर्वी जिल्लामा कांग्रेसको राम्रो भएको जिल्लामध्ये संखुवासभा पनि एक हो । त्यसको प्रमुख कारण भनेको नै नेता खड्काको जिल्लाप्रतिको विकास प्रेम र लगाव नै हो ।

नेता खड्काले संखुवासभा जिल्लालाई प्रदेश नं १ कै नमूना जिल्ला बनाउने बताएका छन् । नेपाली काँग्रेस धर्मदेवी नगरपालिकाले आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले एक नम्बर प्रदेशलाई चाहिनेजति स्रोतसाधन पु¥याउने गरी काम गर्ने बताएका हुन् ।

नेता खड्काले लामो समय जिल्लाको नेतृत्व गरेको कम्युनिष्टले संखुवासभाको विकासमा काम गर्न नसकेको आरोप लगाउँदै आफु सांसद बनेपछि व्यक्तिगत तथा सांसद विकास कोषको खर्चमा धेरै काम गरेको स्पष्ट पारे ।

उनले बहुप्रतिष्ठीत आयोजनाका रुपमा रहेको अरुण तेस्रो जलविद्युत आयोजना निर्माण भएपछि स्थानीयहरुलाई शेयर दिलाउने काममा आफुले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । “कम्युनिष्टहरु भाषण गर्छन्, काम गर्दैनन्, काँग्रेसहरु काम गरेर देखाउने पार्टी हो,”– युवा नेता खड्काले भने । कार्यक्रममा काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, प्रदेश सभा (ख) का उम्मेद्वार दिपक लिम्बुलगायतको



प्रतिक्रिया दिनुहोस्