Logo

नेतृ क्षेत्रीको दाबी : अव पनि कांग्रेसले नै देशलाई निकास दिन्छ



अर्घाखाँची, २१ कार्तिक । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य सभानुपातिक उम्मेद्वार निर्मला क्षेत्रीले महिलाको हक अधिकारको रक्षाका लागि सबै पार्टीका महिला एकै ठाउँमा उभिनु पर्ने बताएकी छिन् । उनले नेतृहरुले पार्टी भन्दा माथि उठेर महिलाका सवालमा आवाज उठाउनु पर्ने बताईन् ।

लोकतान्त्रिक गैर–सरकारी महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको शुभकामना तथा सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीले आफ्नो भूमिकाको कदर गरि सांसदको उम्मेद्वार बनाएको बताइन । उनले आफू सांसद भएमा महिला वर्गको उत्थानका साथै समग्र विकासमा निरन्तर लाग्ने बताइन ।

‘महिलाहरु थुप्रै समस्याबाट पिल्सिएका छन् उनले भनिन, सबै समस्याहरुलाई एक/एक गरि समाधान गर्ने लक्ष्य रहेको छ ।’ महिलालाई सांसद हुने अवसर मिल्नु जिल्लाको लागि नै गर्वको विषय हो’ उनले भनिन, ‘हामी सबै महिला सांसद एकै ठाउँमा रहेर काम गर्छौैं ।’

नेपाल महिला संघकी पूर्व प्रवक्ता समेत रहेकी क्षेत्रीले नेपाली कांग्रेसको जितले मात्र संविधान कार्यान्वयन हुन सक्ने भन्दै वाम पन्थीहरुको चुनावी तालमेलले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताइन । क्षेत्रीले कांग्रेसको नेतृत्वमा मुलुकमा परिवर्तन भएको बताउँदै अव पनि कांग्रेसले नै देशलाई निकास दिने ठोकुवा गरिन ।

कार्यक्रममा लोकतान्त्रिक गैर सरकारी महासंघका केन्द्रीय सदस्य वावुराम पौडेल, पत्रकार महासंघका अध्यक्ष हिम बहादुर जिसी, अन्तर पार्टी महिला सञ्जालकी अध्यक्ष शुसिला गैरे नोटरी क्लवका अध्यक्ष लिलाराम गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम लोकतान्त्रिक गैरसरकारी महासंघका अध्यक्ष गोपाल पन्थीको अध्यक्षता र नेत्र मरासिनीको सञ्चालनमा सम्पन्न भएको हो ।



प्रतिक्रिया दिनुहोस्