Logo

ओली र प्रचण्डले संयुक्त रुपमा घोषणापत्र जारी गर्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २१ कार्तिक । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्दा उक्त कार्यक्रममा उपस्थित् नेता तथा कार्यकर्ताहरुमा व्यापक ठूलो उत्साह देखिएको थियो ।

एमाले–माओवादी वाम गठबन्धनले मंगलबार काठमाडौमा विशेष कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गरेको हो । दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरिएको थियो । एमाले अध्यक्ष केपी शर्म ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए ।

घोषणापत्रमा दैनिक ५ लाख पर्यटक भित्रयाउने, सूचना प्रविधिमा विदेशी लगानी निषेध गर्ने नीति अगाडी सारेको, सामाजिक सञ्जालालई जनमुखि बनाउने र विधिको शासन कायम गर्ने विषयलाई पनि उठाइएको अध्यक्ष प्रचण्डले बताए ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र एमाले र माओवादीको साझा अवधारणा भएको भन्दै घोषणापत्र कार्यन्वयन गरेरै छाड्ने दाबी गरे ।

उनले पार्टीको घोषणापत्र मात्र नभएर यो राष्ट्रको घोषणापत्र भनेर बुझ्न आग्रह गरे । उनले शान्ति, स्थायित्व, विकास,समुन्नत र सम्बृद्धिका पक्षमा घोषणापत्र रहेको बताए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्