Logo

संविधानप्रतिको निष्ठाका आधारमा लोकतान्त्रिक गठबन्धन : अध्यक्ष थापा



नेपालगन्ज, २२ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालले लोकतन्त्र र संविधानप्रतिको निष्ठाका आधारमा लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताउनुभएको छ ।

लोकतान्त्रिक गठबन्धन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “फरक फरक विचार र राजनीतिक मतभिन्नता भए पनि लोकतन्त्र, राष्ट्रियता र मुलुकको समृद्धिका पक्षधर दलबीच लोकतान्त्रिक गठबन्धन निर्माण भएको हो ।”

अध्यक्ष थापाले भन्नुभयो – “पार्टीबीचको एकतालाई आपूmहरूले सकारात्मकरुपमा लिने गरेको भए पनि जुन परिस्थितिमा वाम एकता र चुनावी गठबन्धन भएको छ, यसले नेपाली राजनीतिकमा संशय र आशंका उत्पन्न भएको छ ।”

उहाँले लोकतन्त्रको विकल्प खोज्ने र नेपाललाई कम्युनिष्ट मुलुक बनाउने गठबन्धनका नेताहरूको उद्घोषलाई आम नेपाली जनताले अस्वीकार गर्ने उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका नेत्री किरण कोइरालाले नेपालमा कम्युनिष्ट शासन आउनै नसक्ने तर्क राख्दै प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनले अधिकांश स्थानमा जीत हासिल गर्ने दाबी गर्नुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्