Logo

डोल्पामा हेलिकप्टरबाट पु¥याइयो निर्वाचन सामग्री



दुनै, डोल्पा, २३ कार्तिक । दुर्गम जिल्ला डोल्पामा सेनाको हेलिकप्टरद्वारा निर्वाचन सामग्री पु¥याइएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षालगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

मतपत्र सहितका निर्वाचनसम्वन्धी सम्पूर्ण सामग्री सुर्खेतबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र मर्यादित वनाउन, म्यादी प्रहरी, सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेना जिल्लाका ६६ वटै मतदान केन्द्रमा खटाउने तयारी भइरहेको बताइएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्