Logo

एक्ला एक्लै लड्न डराएर एमाले–माओवादीले गठबन्धन बनाए, तर हामी चुनाव जित्छौं : कृषिमन्त्री यादव



काठमाडौं, २३ कार्तिक । कृषिमन्त्री एवम् नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेद्धवार रामकृष्ण यादवले एक्लाएक्लै चुनाव लड्न डराएर एमाले र माओवादी केन्द्रले गठबन्धन बनाएपनि जनता अहिलेपनि कांग्रेसकै पक्षमा रहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपाल धनुषा शाखाले आयोजना गरेको चुनावी साक्षात्कारमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले भने,‘हामी चुनाव जित्छौं, कांग्रेसले देशभरि नै बहुमत ल्याउँछ, हामी गठबन्धनबाट डराएका छैनौं, यो गठबन्धनले केही असर गर्दैन, किनकी जनता कांग्रेसको पक्षमा छन् ।

क्लबका धनुषा शाखा अध्यक्ष गणेश रायको सभापतित्वमा आयोजित साक्षात्कारमा यादवले धनुषाको विकासको लागि आफूहरुले जति काम अरुले नगरेको जिकिर गर्दै यो पटक कांग्रेसले नै विजयी हाँसि गर्ने बताए ।

उनले भने,‘म जित्छु, विकासको लहर ल्याउँछु, कृषिको समस्या समाधान गर्छु, सुपर जोन बनाएको छु, वाम गठबन्धनले केही पनि गर्न सक्दैन्, उनीहरुको गठबन्धन भनेको चुनावको लागिमात्रै हो।’ चुनावपछि एमाले–माओवादी केन्द्रको गठबन्धन टुट्ने समेत उनको दाबी थियो ।



प्रतिक्रिया दिनुहोस्