Logo

वाम गठबन्धनका रामवीर मानन्धर र लोकतान्त्रिक गठबन्धनका विक्रम थापाबिच कडा प्रतिस्पर्धा, यस्तो छ दाबी



कात्तिक २४, काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर ७ का उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा तिब्र रुपमा लागेका छन् । कांग्रेसको समर्थनमा राप्रपाका नेता विक्रम थापा र वाम गठबन्धनले रामविर मानन्धरलाई मैदानमा उतारेको छ । यसअघिको चुनाव जितेका रामवीर मानन्धर र कांग्रेसको समर्थन पाएका विक्रम थापाबिचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । दुवै उम्मेदवारसँग ऋषि धमलाले कुरा गरेका छन् । थापा र मानान्धर दुवैले चुनाव आफुले जित्ने दाबी गर्दै आएका छन् ।

वाम गठबन्धनका उम्मेदवार रामवीर मानान्धरले गठबन्धनसँग भएको जनमतकै आधारमा चुनाव जित्ने तर्क पेश गरेका छन् । एमाले र माओवादीबिचको सामुहिक प्रयासले चुनाव जित्न कुनै अप्ठेरो नहुने मानान्धरको भनाई छ ।
“हामीले जनताको विश्वास जितेका छौँ । हाम्रो पार्टीसँग इच्छशक्ति छ ।” मानान्धरले भने । यसअघि आफुले चुनाव जितेपछि जनताको घरघरमा स्वेतपत्र पु¥याउन सफल भएकाले पनि आफुलाई जनताले विश्वास गर्ने उनको दाबी छ ।

राप्रपाका उम्मेदवार विक्रम थापाले भने क्षेत्र नम्बर ७ मा लोकतान्त्रिक गठबन्धनको पक्षमा जनमत धेरै देखिएको दाबी गरेका छन् । जनताको सद्भाव र सहयोग मिलेका कारण आफूलाई चुनाव जित्न सहज हुने थापाको भनाई छ ।

काठमाण्डौ क्षेत्र नम्बर ७ मा विगतका जनप्रतिनिधीले विकास निर्माणका काम गर्न नसकेको आरोप थापाले लगाएका छन् । काठमाण्डौको छेउछाउकै क्षेत्र भएर पनि विकास निर्माणका काम हुन नसकेको भन्दै थापाले त्यस क्षेत्रको विकास नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

मतदाताले आफ्नो विवेक प्रयोग गर्ने बेला आएको बताउँदै थापाले विगतमा भोट दिएको नेतालाई नै अहिले पनि दिनुपर्छ भन्ने मानसिकताबाट जनता मुक्त भएको दाबी गरे । नेपाली कांग्रेसले आफूलाई पूर्ण रुपमा सहयोग गरेको थापाको विश्वास छ । आफ्नो जित्ने आधार शतप्रतिशत रहेको थापाको जिकिर छ ।
तर मानन्धरले भने स्थानीय तहको चुनावमा अत्याधिक ठाउँमा एमालेले जितेको उदाहरण दिदै यसपटक पनि आफूले नै जित्ने आधार प्रस्तुत गरे ।



प्रतिक्रिया दिनुहोस्