Logo

‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ जारी



काठमाडौँ, २४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गरेकि छन् ।
मन्त्रिपरिषद्बाट कात्तिक ६ गते सिफारिश भएको अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम आज जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा.डा गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्